Skip to content
Seasons Ghanista

Song

येशूको ऋतुYeshu Ko Ritu

Track 4 on सिजन्स घनिष्ट ↗

Jan 1, 2019

Lyrics

Chorus
फर्की आउँदैन समय, ठिकै हो यो
फर्की आउँदैन खोला जो बगी गयो (२)
फर्की आउँदोरहेछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
हे, फर्की आउँदोरहेछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
Verse 1
म जान्छु भन्दा विवश बनाई रोक्नुहुन्न रहेछ
आफ्नो हृदय दुखाई दुखाई जान दिनुहुँदोरहेछ
फेरि मेरो अधर्मको चोट सही-सही पनि
म आउने बाटो हेर्नुहुँदोरहेछ
Chorus
फर्की आउँदैन समय, ठिकै हो यो
फर्की आउँदैन खोला जो बगी गयो
फर्की आउँदोरहेछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
हे, फर्की आउँदोरहेछ तर येशूको ऋतु
धैर्य रहेछ उनको प्रेममा
Verse 2
म जादिनँ, जान सक्दिनँ फर्केर फेरि
माफी पाउन अयोग्य छु, लत्तारिङ्गे छु
भनी सोच्दा उनी आई सबै भुल क्षमा गरी
फेरि कहिल्यै त्यसलाई नसम्झिँदोरहेछ
Bridge
कसैलाई भनी सक्दिनँ भित्रको आँसु
मरुभूमिमा जब लाग्छ कसरी बाँचूँ
हिउँ बनी झर्दोरहेछ येशूको कृपा
धनी रहेछ उनी प्रेममा
हो, हिउँ बनी झर्दोरहेछ येशूको कृपा
धनी रहेछ उनी प्रेममा