पहिचान
Lyrics
Chorus
ऐनामा हेर्दा म जसलाई देख्छु
के त्यो नै म हुँ, के त्यो नै म हुँ?
(के त्यो नै म हुँ)
संसारले मलाई जो हो भनी भन्छ
के त्यो नै म हुँ, के त्यो नै म हुँ?
(के त्यो नै म हुँ)
म को हुँ, म को हुँ, म को हुँ?
को हुँ म, को हुँ?
(को हुँ म, को हुँ?)
Verse 1
मैले कमाएका थोकहरू म हुँ कि?
मैले गुमाएका थोकहरू म हुँ?
हिजोको म हुँ कि आजको म हुँ?
या हुनेछु भोलि जो, त्यो नै म हुँ?
भीडमा हुँदाको म हुँ कि
एक्लो हुँदा जो हुन्छु, के त्यो नै म हुँ?
(के त्यो नै म हुँ)
Chorus
म को हुँ, म को हुँ, म को हुँ?
को हुँ म, को हुँ?
(को हुँ म, को हुँ?)
Verse 2
सिकेका धर्म, रीतहरू म हुँ कि?
लाएका माया, प्रीतहरू म हुँ?
हारेका कयौँ हारहरू म हुँ कि?
जितेका मेरा जीतहरू म हुँ?
यथार्थ हुँ कि कल्पना म हुँ?
एक जना हुँ कि कति जना हुँ?
(कति जना हुँ)
डरहरू हुँ कि रहरहरू हुँ?
खुसी-उदासको लहरहरू हुँ?
(लहरहरू हुँ)
Chorus
म को हुँ, म को हुँ, म को हुँ?
को हुँ म, को हुँ?
(को हुँ म, को हुँ?)
म को हुँ, म को हुँ, म को हुँ?
को हुँ म, को हुँ?
(को हुँ म, को हुँ?)

NepaliHymns