एउटै पाल मुनि
Eutai Paal Muni
Adrian Dewan
Lyrics
Verse 1
(के गरिब के धनि भुकम्पले ल्यायो
सबलाई एउटै पालमुनि
के शिक्षित अशिक्षित बिपत्तिले हान्दा
सबको एउटै सुस्केराको गीत) २
Pre Chorus
कस्तो लाग्यो तिमीलाई खुल्ला मैदानमा सुती
क्षण क्षणको बिउझै ओछ्यानको हल्लाई
Chorus
जमिन हल्लन्दैछन जिन्दगिको जग नै हल्लियो
ठुलो सानो भन्नेहरु सबै एकै ठाउँमा थाल्लियो
मै हुँ भन्नेहरु पनि सबै धुलो माथि थचियो
वीर हुँ भन्ने पनि काखको बालक झैँ खुम्चियो
प्रकृतिले धेरै थोक भत्कायो
प्रकृतिले धेरै थोक मिलायो
Verse 2
(भन्छ हुँ विवेकशील प्रकृतिले पढाऊदा
पाठ पर्दा छ मुस्किल
सबै छ बराबर मृत्युको अगाडी
छैन केहि जिन्दगीको भर) २
Pre Chorus
कस्तो लाग्यो तिमीलाई एउटै चुलाबाट खुवाई
एउटै छानामा जियाई एउटै धारमा पियाई
Chorus
जमिन हल्लन्दैछन जिन्दगिको जग नै हल्लियो
ठुलो सानो भन्नेहरु सबै एकै ठाउँमा थाल्लियो
मै हुँ भन्नेहरु पनि सबै धुलो माथि थचियो
वीर हुँ भन्ने पनि काखको बालक झैँ खुम्चियो
प्रकृतिले धेरै थोक भत्कायो
प्रकृतिले धेरै थोक मिलायो
Outro
के गरिब के धनि भुकम्पले ल्यायो
सबलाई एउटै पालमुनि

Adrian Dewan