तपाईंलाईनै थाहा छ
मलाई सम्हाल्नुहोस्
मलाई डोऱ्याउनुहोस्
म त कमजोर छु
लडखडाउँदछु
तपाईंलाई नै थाहा छ
कि म सक्दिनँ जिउन
तपाईं बिना येशू
तपाईंलाई नै थाहा छ
कि म सक्दिनँ जिउन
तपाईं बिना येशू
प्रत्येक दिन सयौँ बाधाहरूलाई
सामना गर्न पर्दा येशू
दिनुहोस् तपाईंको सामर्थ्य मलाई
म विजयी बन्नू
प्रत्येक दिन हजारौँ आवाजहरू
गुञ्जदछ यो मस्तिष्कमा
तीमध्ये तपाईंको आवाजलाई
म चिन्न सकूँ
तपाईंलाई नै थाहा छ
कि म सक्दिनँ जिउन
तपाईं बिना येशू
तपाईंलाई नै थाहा छ
कि म सक्दिनँ जिउन
तपाईं बिना येशू
तपाईंलाई भेट्न आएको छु
बुझ्न आएको छु
आदर गर्न आएको छु
तपाईं झैँ अरू कोही छैन
कोही पनि छैन
तपाईं मात्र मेरो प्रभु
तपाईंलाई भेट्न आएको छु
बुझ्न आएको छु
आदर गर्न आएको छु
तपाईं झैँ अरू कोही छैन
कोही पनि छैन
तपाईं मात्र मेरो प्रभु

NepaliHymns