Skip to content

Song

मानवMaanav

Lyrics

Verse 1
एउटा मान्छे मनगढन्ते कुरा गर्दै पुस्तक लेख्छ
सारा संसार खै कसरी कालोलाई सेतो देख्छ
अर्को मान्छे बहकेर काँधमा बन्दुक उठाउँछ
बीस करोड लासहरूमाथि आफ्नो झण्डा फहराउँछ
Bridge
बाँदरबाट आ'को भन्छ मान्छे जाति कस्तो यो विचार
लाग्छ भन त्यस्तो तिम्लाई हेर्दाखेरी आफ्नो अनुहार
Chorus
मानव हुँ म, मानव हुँ म
मानव हुँ म, पशु होइन
मूल्य छ, महत्त्व छ, उद्देश्य छ
जीवन यो व्यर्थ होइन
मानव हुँ म, मानव हुँ म
मानव हुँ म, पशु होइन
मूल्य छ, महत्त्व छ, उद्देश्य छ
जीवन यो व्यर्थ होइन
Verse 2
भोक लाग्दा खानु निन्द्रा लाग्दा सुत्नु
अनि मरेपछि कीराहरूको खाना हुनु
के यति नै जीवन हो?
मर्दा पनि भयो, मार्दा पनि भयो
कुन आधारमा मेरो कामलाई भन्छौ गलत-सही?
नैतिकता नि शब्द भो
Bridge
घोरिएर गरी हेर यसमाथि विचार
पुस्तकमा आयो भन्दैमा नगर पत्यार
बाँदरबाट आ'को भन्छ मान्छे जाति कस्तो यो विचार
Verse 3
ईश्वरको स्वरूपमा बनिएको मानव हुँ म
प्रेम गर्ने, भलाइ गर्ने सन्तान भएको मानव हुँ म
कारण छ संसारमा म जीवित हुनुको पछाडि
निर्माण गर्न सुन्दर भविष्य दौडँदै छु अगाडि
Bridge
ईश्वरबाट आएको हो मान्छे जाति साँचो यो विचार
नियालेर हेरी हेर ऐनाभित्र आफ्नो अनुहार
Chorus
मानव हुँ म, मानव हुँ म
मानव हुँ म, पशु होइन
मूल्य छ, महत्त्व छ, उद्देश्य छ
जीवन यो व्यर्थ होइन
मानव हुँ म, मानव हुँ म
मानव हुँ म, पशु होइन
मूल्य छ, महत्त्व छ, उद्देश्य छ
जीवन यो व्यर्थ होइन