Skip to content
Thah Chaina

Song

थाह छैनThah Chaina

Track 1 on थाह छैन ↗

Jul 7, 20223 Views

Lyrics

Verse
शिरमाथी छानो छैन, घरभित्रको न्यानो छैन
कहाँबाट आए किन, मलाई थाह छैन
बा-आमाले छाडी गए किन छाडे थाह छैन
कहाँ-के गल्ती भो मेरो मलाई थाह छैन
Chorus
खेल्दै, डुल्दै हिँड्छु यो संसारमा
कहाँ पुग्छु के हुन्छु थाह छैन
जसो तसो भोकबाट प्यासबाट बाँच्नुछ
उदेश्य जीवनको एउटै मर्नबाट बाँच्नुछ
कहाँ पुगी टुँगिएला एकलो यो चोला
खेल्दै, डुल्दै हिँड्छु यो संसारमा संसारमा
Verse
माया भन्या कस्तो हुन्छ? स्वाद मनले चाख्या छैन
किन हाँस्छन् मानिसहरू? खुसी के हो थाह छैन
कैले-काँही रात हुँदा अँगालोको चाह लाग्छ
न्यानो हुन्छ भन्छ त्यहाँ कति थाह छैन
नाम मेरो के हो कुनी ठाउँ कहाँ थाह छैन
खोज्दैछु आफैलाई मेरो चिनारी छैन
मुहारमा कसको रूप लिएर आए थाह छैन
जन्म दिइ काख दिएनन् किन थाह छैन
Chorus
खेल्दै, डुल्दै हिँड्छु यो संसारमा
कहाँ पुग्छु के हुन्छु थाहा छैन
जसो तसो भोकबाट प्यासबाट बाँच्नुछ
उदेश्य जीवनको एउटै मर्नबाट बाँच्नुछ
कहाँ पुगी टुँगिएला एकलो यो चोला
खेल्दै, डुल्दै हिँड्छु यो संसारमा संसारमा
Verse
अर्थ के हो म बाँच्नुको कारण के हो थाहा छैन
कैलेसम्म कसको लागी बाँच्न पर्ने थाहा छैन
सडक गल्लीहरू हुँदो गन्तव्य म खोज्दै हिड्छु
सुख्खा पात हुँ उडि जाने निवास छैन
ईश्वरले हेर्छन् भन्छन्, कसरी हो थाहा छैन
बस्छन् कहाँ कहिल्यै हाम्रो भेट भा छैन
नाम बिहिन मान्छेहरूको अस्तित्व हुन्छ की हुन्न
भविष्य हुन्छ की हुन्न मलाई थाह छैन
Chorus
खेल्दै, डुल्दै हिँड्छु यो संसारमा
कहाँ पुग्छु के हुन्छु थाहा छैन
जसो तसो भोकबाट प्यासबाट बाँच्नुछ
उदेश्य जीवनको एउटै मर्नबाट बाँच्नुछ
कहाँ पुगी टुँगिएला एकलो यो चोला
खेल्दै, डुल्दै हिँड्छु यो संसारमा संसारमा