तपाईंको प्रेमले
Lyrics
Chorus
तपाईंको प्रेमले, तपाईंको प्रेमले
म त नयाँ भएको छु
छुटकारा पाई अँध्यारोदेखि
उज्यालोमा आएको छु (२)
Verse 1
हेर्नुहोस् मलाई, म त गाइरहेछु
धन्यवाद दिँदै रमाइरहेछु
ताली बजाउँदै, म त आइरहेछु
हात उचाल्दै कराइरहेछु, हे!
Verse 2
येशूले मलाई दिनुभो मुक्ति अनन्तको
नसकेको कसैले, उनले गर्नुभो
धुलोबाट उठाई सुन्दरता दिई
आफ्नो जीवित आत्माले मलाई भर्नुभो, मलाई भर्नुभो
म हाँगा हुँ ख्रीष्टको, सुवासना हुँ
नुन हुँ, ज्योति हुँ संसारको
Bridge
तपाईंको छुवाइले, तपाईंको छुवाइले
म त निको भएको छु
जिउनको निम्ति स्वर्गीय दर्शन
शक्ति मैले पाएको छु
Verse 1
हेर्नुहोस् मलाई, म त गाइरहेछु
धन्यवाद दिँदै रमाइरहेछु
ताली बजाउँदै, म त आइरहेछु
हात उचाल्दै कराइरहेछु, हे!
Verse 2
येशूले मलाई दिनुभो मुक्ति अनन्तको
नसकेको कसैले, उनले गर्नुभो
धुलोबाट उठाई सुन्दरता दिई
आफ्नो जीवित आत्माले मलाई भर्नुभो, मलाई भर्नुभो
म हाँगा हुँ ख्रीष्टको, सुवासना हुँ
नुन हुँ, ज्योति हुँ संसारको
Bridge
तपाईंको छुवाइले, तपाईंको छुवाइले
म त निको भएको छु
जिउनको निम्ति स्वर्गीय दर्शन
शक्ति मैले पाएको छु
Chorus
तपाईंको प्रेमले, तपाईंको प्रेमले
म त नयाँ भएको छु, येशू
छुटकारा पाई अँध्यारोदेखि
उज्यालोमा आएको छु

NepaliHymns