प्रशंसा नेपाली भाकैमा
Lyrics
Chorus
प्रशंसा महिमा नेपाली भाकैमा येशूलाई दिउँला

मादलको तालैमा सारङ्गी, खैँजडी, बाँसुरी बजाउँदै दिउँला (२)
Verse 1
कोइली कुहू-कुहू गर्दै जयजयकार गर्छ येशूको नाउँलाई
झरना झररर झर्छ पहाडबाट उनको अनुग्रह झैँ (२)
Chorus
प्रशंसा महिमा नेपाली भाकैमा येशूलाई दिउँला
Verse 2
सारङ्गी रेटौँला, आज येशूलाई भेटौँला
उपस्थितिमा उनको खुसीले नाचौँला
मादल बजाउँदै, मनमा उहाँलाई सजाउँदै
वचनामृत सुनी हृदयमा राखौँला
प्रशंसा हाम्रो प्रशंसा येशूलाई नै दिउँला
सारङ्गी, खैँजडी, बाँसुरी बजाउँदै दिउँला (२)
Bridge
आहा हा... आहा हा...
आहा हा... आहा हा...
Verse 3
बतास सिरिरी बग्दै मनलाई उडाउँछ येशूतिर नै
खोला सललल बग्छ तराईतिर उनको करुणा झैँ (२)
Chorus
प्रशंसा महिमा नेपाली भाकैमा येशूलाई दिउँला
प्रशंसा महिमा नेपाली भाकैमा येशूलाई दिउँला
मादलको तालैमा सारङ्गी, खैँजडी, बाँसुरी बजाउँदै दिउँला (२)
Verse 4
कोइली कुहू-कुहू गर्दै जयजयकार गर्छ येशूको नाउँलाई
झरना झररर झर्छ पहाडबाट उनको अनुग्रह झैँ
बतास सिरिरी बग्दै मनलाई उडाउँछ येशूतिर नै
खोला सललल बग्छ तराईतिर उनको करुणा झैँ

NepaliHymns