प्रशंसा हाम्रो हतियार
Lyrics
Verse 1
प्रशंसाले माहोल बदल्छ
स्वर्गलाई यस ठाउँमा ल्याउँछ
प्रशंसा गरौँ येशूको, उहाँ योग्य हुनुहुन्छ
हो... उहाँ योग्य हुनुहुन्छ
Verse 2
दुर्बलले सामर्थ्य पाउँछ
अन्धकारमा ज्योति छाउँछ
प्रशंसा गरौँ येशूको, उहाँ जिउँदो हुनुहुन्छ
हो... उहाँ जिउँदो हुनुहुन्छ
Chorus
प्रशंसाले बन्धन खोल्छ
संघर्षमा जीत बोल्छ
प्रशंसा हाम्रो हतियार
शत्रुमाथि विजय दिन्छ (२)
Bridge
पराक्रमी परमप्रभु
हाम्रो माझमा हुनुहुन्छ
हो... हाम्रो माझमा हुनुहुन्छ
Verse 3
प्रशंसाको योग्य केवल
परमप्रभु हुनुहुन्छ
प्रशंसा, आदर, स्तुति
उहाँलाई नै सुहाउँछ
हो... उहाँलाई नै सुहाउँछ
Chorus
प्रशंसाले बन्धन खोल्छ
संघर्षमा जीत बोल्छ
प्रशंसा हाम्रो हतियार
शत्रुमाथि विजय दिन्छ (२)
Bridge
पराक्रमी परमप्रभु
हाम्रो माझमा हुनुहुन्छ
हो... हाम्रो माझमा हुनुहुन्छ (५)

NepaliHymns