नहेम्याह
Nehemiah
Adrian Dewan
Lyrics
Verse 1
म छु महलमा, सम्राटको सेवामा तर मन मेरो खिंचिरहन्छ,
यरुशलेमको पर्खालहरुले
घटी छैन यहाँ केहीको मलाई तर निन्द्रा-चैन खोसिदिएको छ,
यरुशलेमको पर्खालहरुले
Chorus
(म नहेम्याह नहेम्याह राजाको मध टकराउने,
मेरो मन छैन महलमा म यरुशलेम जाने) २
र पर्खालहरु नबनेसम्म, म खुसी हुन नसक्ने मान्छे
Verse 2
हे परमप्रभु स्वर्गका परमेश्वर, तपाई बाहेक जाने ठाउँ छैन
सम्झनुहोस आफ्नो करारलाई
स्वीकार्दछु म, मेरा अधर्महरु, दिनुहोस क्षमादान हामीलाई,
म र मेरा पुर्खाहरुलाई
Chorus
(ओ यरुशलेम यरुशलेम तिमी मेरो आँसु रोदन,
विश्वको हर्षको केन्द्र महान राजाको नगर) २
तिम्रो वैभव फर्की आएको हेर्ने मेरो आत्माको रहर
Bridge
सम्झेर भाँचिन्छ मेरो मन, उजाडिएको छ यरुशलेम,
ढालिएकछन् पर्खालहरु, जलेकाछन् मूल ढोकाहरु
हे परमेश्वर दिनुहोस सामर्थ, गएर गर्न सकूँ निर्माण,
तपाईले छान्नुभएको ठाउँ, तपाइको आराधनाको घर
Outro
तपाईको आराधनाको घर, तपाईको आराधनाको घर
तपाईको आराधनाको घर, तपाईको आराधनाको घर

Adrian Dewan