Skip to content
Naya Kaam

Song

नयाँ कामNaya Kaam

Track 1 on नयाँ काम ↗

Apr 5, 2019

Lyrics

Chorus
नयाँ काम हुँदैछ मेरो हृदयमा
नयाँ काम हुँदैछ मेरो जीवनमा (२)
Verse 1
म नयाँ हुँदैछु येशूको न्यानो उपस्थितिमा
म निको हुँदैछु शरीर, आत्मा, अन्तस्करणमा (२)
Verse 2
म ग्रहण गर्दैछु येशूको वचनलाई
येशूको वचनलाई मेरो हृदयमा
येशूलाई दिँदैछु मेरो सम्पूर्ण
समर्पण गर्दैछु मुक्तिदातालाई
Chorus
नयाँ काम हुँदैछ मेरो हृदयमा
नयाँ काम हुँदैछ मेरो जीवनमा
Verse 3
पुरानो र थोत्रो कुराहरूलाई पन्छाउँदै छु म
मलाई बाँधी राख्ने साङ्लाहरूलाई फुकाउँदै छु म (२)
Verse 4
छुटकारा भएको म थाहा गर्दैछु
म थाहा गर्दैछु ख्रीष्टको आनन्दलाई
प्रशंसा दिँदैछु मेरो अधरमा
समर्पण गर्दैछु मुक्तिदातालाई
Chorus
नयाँ काम हुँदैछ मेरो हृदयमा
नयाँ काम हुँदैछ मेरो जीवनमा