नदी
Lyrics
Chorus
सललल बगिआयो अधर्मलाई बगायो
नदीमा धार्मिकताको म डुबेँ चुर्लुम्मै (२)
Verse 1
मलाई नयाँ ऋतुमा लगेर जाऊ
तपाईंसँग नै येशू हिँडाऊ
एउटा महिमादेखि अर्को महिमा
आत्मिकी खुड्किलो चढाऊ (२)
Bridge
झररर झरी आयो जीवन चोखो बनायो
झरीमा धार्मिकताको म भिजेँ लुथ्रुक्कै (२)
Verse 2
मन्दिरको दक्षिणबाट एउटा नदी बग्दैछ
जहाँ जहाँ यो नदी पुग्छ सबै बाँच्दैछ (२)
फल फलाउने रुखहरूले किनार भर्दैछ
राष्ट्रलाई यो नदीले निको पार्दैछ (२)
Chorus
सललल बगिआयो अधर्मलाई बगायो
नदीमा धार्मिकताको म डुबेँ चुर्लुम्मै
Verse 3
मलाई बचन जीवनको खुवाऊ
येशूको ज्ञानमा धनी बनाऊ
गुप्त जीवनमा चोखो हुन चाहन्छु
पवित्र आत्मा ममा आऊ (२)
Chorus
सललल बगिआयो अधर्मलाई बगायो
नदीमा धार्मिकताको म डुबेँ चुर्लुम्मै
Bridge
झररर झरी आयो जीवन चोखो बनायो
झरीमा धार्मिकताको म भिजेँ लुथ्रुक्कै

NepaliHymns