मोरियाह
Lyrics
Verse 1
मोरियाको डाँडामा मानिसले आफ्नो उत्कृष्ट दिए
आराधना आज्ञापालनद्वारा पितालाई गरे
मोरियाको डाँडामा मानिसले आफ्नो उत्कृष्ट दिए
आराधना आज्ञापालनद्वारा पितालाई गरे
परमपिता प्रसन्न हुनुभई करार सुदृढ गरे
अनन्तको प्रेमको सम्बन्धलाई शपथले दृढ गरे
Chorus
आराधना हो आराधना परमेश्वरलाई मनपर्ने (२)
आज्ञापालन र समर्पणता उहाँले चाहनुहुने (२)
Verse 2
कलवरीको डाँडामा स्वर्गले आफ्नो उत्कृष्ट दिए
आज्ञापालन सहितको बलिदान पुत्रले चढाए
कलवरीको डाँडामा स्वर्गले आफ्नो उत्कृष्ट दिए
आज्ञापालन सहितको बलिदान पुत्रले चढाए
परमपिता प्रसन्न हुनुभई बलिदान ग्रहण गरे
अनन्तको प्रेमको करारलाई पुत्रमा पूरा गरे
Chorus
आराधना हो आराधना परमेश्वरलाई मनपर्ने (२)
आज्ञापालन र समर्पणता उहाँले चाहनुहुने (२)
Bridge
आराधना हो आराधना पिता तपाईँलाई चढाए (२)
मेरो जीवन सम्पूर्ण तपाईँको वेदीमा चढाए
आज्ञापालन सहितको बलिदान बन्नलाई म त आएँ
मेरो जीवन सम्पूर्ण तपाईँको वेदीमा चढाए
आज्ञापालन सहितको बलिदान बन्नलाई म त आएँ

NepaliHymns