मेरो अंश
- Writer
- Adrian Dewan
- Scripture(s)
- Numbers 18:20
Verse 1
(तपाईको उपस्थिती मेरो आत्माको मोह बनोस
तपाईको आराधना मेरो हृदय आदत बनोस) २
तपाईको प्रेमलाई मेरो प्राणले चाखेको छ
तपाईलाई हेरेर जीउँछु
तपाईलाई पर्खेर बाँच्छु
Chorus
(मेरो येशू मेरो प्रभु
मेरो अंश तपाई मेरो धन्) २
Verse 2
(तपाईको प्रेमको मेरो हृदयलाई लत लागोस
तपाईको मुहार खोजने मेरो आत्माको रहर बनोस) २
स्वर्गमा तपाई बाहेक मेरो अरू कोहि छैन
पृथ्वीमा तपाई मात्र
मेरो हृदयले चाहेको
Chorus
(मेरो येशू मेरो प्रभु
मेरो अंश तपाई मेरो धन्) २
Verse 2 Repeat
तपाईको उपस्थिती मेरो आत्माको मोह बनोस
तपाईको आराधना मेरो हृदय आदत बनोस
तपाईको प्रेमको मेरो हृदयलाई लत लागोस
तपाईको मुहार खोजने मेरो आत्माको रहर बनोस
Chorus
(मेरो येशू मेरो प्रभु
मेरो अंश तपाई मेरो धन्) २

NepaliHymns