मण्डली
Mandali
Adrian Dewan
Lyrics
Chorus
नतोड्नु है विश्वास तिम्रो जहाँ गए ता पनि
नछोड्नु है सत्यता तिम्रो जहाँ रहे ता पनि
सत्य मनले परमेश्वरलाई खोजी रहनु
जोडिन्छ सम्बन्ध जहाँ रहे पनि
जोडिन्छ सम्बन्ध जहाँ रहे पनि
नतोड्नु है विश्वास तिम्रो
जहाँ गए ता पनि
Verse 1
सुख-दुःख जिन्दगीको रीत नै त हो
कहिल्यै हाँसो कहिल्यै रोदन यस्तै नै त हो
हामी हिँड्ने साँगुरो बाटो यही नै त हो
कहिल्यै मिलन कहिल्यै बिछोड यस्तै नै त हो
Bridge
एउटै परमेश्वरको परिवार हौँ हामी
नतोड्नु मण्डली जस्तै भए पनि
सत्य मनले परमेश्वरलाई खोजी रहनु
जोडिन्छौ बरु फुट्दैन मण्डली
जोडिन्छौ बरु फुट्दैन मण्डली
Verse 2
कमजोर छ कोही बलवान छ कोही
गरीब छ कोही धनी छ कोही
शिक्षित छ कोही अशिक्षित छ कोही
लडेका छन् कोही उठेका छन् कोही
Bridge
यस्तै-यस्तै मिलेर बनेको छ मण्डली
प्रेम आशा विश्वासले जोडेको छ मण्डली
धैर्य गर्दै प्रेममा बन्दै जानु है तिमी
एकदिन त एकतामा बलवान भई उठ्छ मण्डली
बलवान भई उठ्छ मण्डली
Outro
नतोड्नु है विश्वास तिम्रो
जहाँ गए तापनि
नछोड्नु है सत्यता तिम्रो
जहाँ रहे तापनि

Adrian Dewan