करार
Karar
All Things Aside Ministries
Lyrics
Verse
म मेरो मात्र होइन अब हामी हुँदैछौ
मेरा, मेरा मात्र होइनन् अब हाम्रा भए
सब दुःख नि हाम्रा सब सुख नि हाम्रा
जीवनका सबै ठाउँ सबै-सबै
Chorus
अब साथ साथ हिडौला, दुःख सुख बाँडौला
आफैँलाई नम्र पारेर हामी
एक-अर्कालाई बुझेर, ख्रीष्टलाई अघि राखेर
निरन्तर विश्वासमा बढी हिँडौ हामी
Verse
मेरा मानिसहरू अब तिम्रा भए
मेरा मानिसहरू नि अब तपाईँका भए
मेरा सपनाहरू अब तिम्रा भए
मेरा रहरहरू अब तपाईँका भए
Bridge
हाम्रो विश्वासको साँचो एउटै
हाम्रो भरोसा नि एउटै
ख्रीष्ट नै प्रभु हाम्रा उद्धारक हुन्
Chorus
अब साथ साथ हिडौला दुःख, सुख बाँडौला
आफैँलाई नम्र पारेर हामी
एक-अर्कालाई बुझेर, ख्रीष्टलाई अघि राखेर
निरन्तर विश्वासमा बढी हिँडौ हामी, हिँडौ हामी
All Things Aside Ministries