Skip to content
Jawanima Kanda Pani

Song

जवानीमा काँडापनिJawanima Kanda Pani

WriterPurna Biswa

Track 1 on जवानीमा काँडापनि ↗

Feb 19, 20193 Views

Lyrics

Chorus
(जवानीमा काँडापनि फूल हुन्छ बहिनी
यहि समय अनेकौ भुल हुन्छ बहिनी ) २
प्रभुमा छौ प्रार्थना गर वचन पालन गर २
तिम्रो जीवन ख्रीष्टमा लाने मूल हुन्छ बहिनी २
जवानीमा काँडापनि फूल हुन्छ बहिनी
Verse 1
(सुन्दरता यो आज फूलझैँ भोलि ओइली जान्छ
वचननै हो जसले तिमीलाई अनन्ततिर लान्छ) २
अनन्त तिर लान्छ
जवानीमा काँडापनि फूल हुन्छ बहिनी
Verse 2
(मान्छेलाई तिमी होइन तिमीमा ख्रीष्ट देखिनुपर्छ
जीवनबाट संसारमा सत्यता लेखिनुपर्छ) २
सत्यता लेखिनुपर्छ
जवानीमा काँडापनि फूल हुन्छ बहिनी
Chorus
जवानीमा काँडापनि फूल हुन्छ बहिनी
यहि समय अनेकौ भुल हुन्छ बहिनी
प्रभुमा छौ प्रार्थना गर वचन पालन गर २
तिम्रो जीवन ख्रीष्टमा लाने मूल हुन्छ बहिनी २
जवानीमा काँडापनि फूल हुन्छ बहिनी