ह्याप्पी ख्रीष्टमस
Happy Christmas
Adrian Dewan

Song
ह्याप्पी ख्रीष्टमसHappy Christmas
WriterAdrian Dewan
Track 1 on ह्याप्पी ख्रीष्टमस ↗
Nov 18, 20204 Views
Lyrics
Verse
(लालुपाते वनैमा नयाँ आशा मनैमा फुलेछ)२
बेतलेहेमको चिसो हावा हिमाल हुँदै
घर आँगनैमा डुलेछ, घर आँगनैमा डुलेछ
Chorus
(ह्याप्पी ख्रीष्टमस सबै सबैलाई
मेर्री ख्रीष्टमस सबै सबैलाई)२
दु:ख पिरलाई भुलेछ मन खुशीमा झुलेछ
Verse
(पुर्खाहरूले भनेको अगमहरूले कहेको पुगेछ)२
हेर कन्याले गर्भधारण गर्नेछ
एउटा बालक जन्माउनेछ, इम्मानुएल भनिनेछ
Chorus
(ह्याप्पी ख्रीष्टमस सबै सबैलाई
मेर्री ख्रीष्टमस सबै सबैलाई)२
ईश्वर मानिसहरूसँग, सँधैलाई हुनुहुनेछ
Verse
(पूर्वबाट ज्योतिषीहरू तारालाई पछ्याउँदै आएछ)२
सुन, मुर्र बहुमुल्य भेटीहरू
बालक येशूलाई चढाई, राजा घोषणा गरेछ
Chorus
(ह्याप्पी ख्रीष्टमस सबै सबैलाई
मेर्री ख्रीष्टमस सबै सबैलाई)२
शान्तीको राज्य लिएर, स्वर्गको राजा आएछ
Verse
(सुनसान रातमा गोठालाहरू माझ ज्योति छाएछ)२
स्वर्गदूतले येशू जन्मेको खबर
तिनीहरूलाई दिएछ, स्वर्गीय दलले गाएछ
Chorus
(ह्याप्पी ख्रीष्टमस सबै सबैलाई
मेर्री ख्रीष्टमस सबै सबैलाई)२
त्रासमा डुबेको संसारले नयाँ उमंग पाएछ
Verse
नडराओ आज दाऊदको शहरमा
एक मुक्तिदाताको जन्म, भएको छ
जो ख्रीष्ट, प्रभु हुनुहुन्छ नडराओ अँध्यारोमा
एउटा ठूलो ज्योति छाएको छ
(येशू हो उनको नाउँ)२
Chorus
(ह्याप्पी ख्रीष्टमस सबै सबैलाई
मेर्री ख्रीष्टमस सबै सबैलाई)२
ईश्वर मानिसहरूसँग, सँधैलाई हुनुहुनेछ
Adrian Dewan