एकपल पनि टाढा
Chorus
मलाई जान नदेऊ तिमीबाट एक पल पनि टाढा
मलाई जान नदेऊ तिमीबाट एक पल पनि टाढा
मलाई शून्य-शून्य लाग्छ
येशू तिम्रो प्रेम बिना यो संसार
मलाई जान नदेऊ तिमीबाट एक पल पनि टाढा
Verse 1
यो रङ्गीचङ्गी संसार
खिच्ने मनलाई बारम्बार
तर अनन्त थोकलाई
अनन्त थोकलाई साट्दिनँ म त क्षणिक थोकसँग
यो झिलिमिली सहर
नटुङ्गिने रहर
तर स्वर्गीय थोकलाई
स्वर्गीय थोकलाई साट्दिनँ म त संसारी थोकसँग
मलाई जान नदेऊ तिमीबाट एक पल पनि टाढा
Verse 2
यो टुटिजाने प्रेम-बाचा
संसारको मित्रता
तर क्रूसको प्रेमलाई
क्रूसको प्रेमलाई भुल्दिनँ म त अन्तिम साससम्म
यो बितिजाने जीवन
ओइली झर्ने यौवन
तर येशूलाई पाएर
येशूलाई पाई जिउनेछु म त अनन्त कालसम्म
Chorus
मलाई जान नदेऊ तिमीबाट एक पल पनि टाढा
मलाई जान नदेऊ तिमीबाट एक पल पनि टाढा
मलाई शून्य-शून्य लाग्छ
येशू तिम्रो प्रेम बिना यो संसार
मलाई जान नदेऊ तिमीबाट एक पल पनि टाढा

NepaliHymns