Skip to content

Song

येशूलाई भनिदेउYeshulai Bhanideu

Lyrics

Chorus
तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ
तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ
तिम्रो भित्री लडाइँ सङ्घर्षहरू प्रभुलाई कहिदेऊ
सङ्कष्टमा तिमीलाई बोक्नुहुने प्रभुलाई भनिदेऊ (२)
Verse 1
तिम्रो आँसुका थोपा-थोपा बटुल्नुहुने उहाँ नै हुन्
तिम्रो खुशीहरूको वास्ता गर्नुहुने उहाँ नै हुन्
तिम्रा मनका पीरहरू, जीवनका डरहरू
जान्नुहुने, बुझ्नुहुने उहाँ नै हुन्
Verse 2
हृदयका सुस्केराहरू येशूलाई भनिदेऊ
अन्योल्ता विवशताहरू येशूलाई भनिदेऊ
हृदयका सुस्केराहरू येशूलाई भनिदेऊ
अन्योल्ता विवशताहरू येशूलाई भनिदेऊ
तिम्रो भित्री लडाइँ सङ्घर्षहरू प्रभुलाई कहिदेऊ
सङ्कष्टमा तिमीलाई बोक्नुहुने प्रभुलाई भनिदेऊ (२)
Bridge
हरेश नखाऊ, तिम्रो जीवन परमेश्वरको हातमा छ
तिम्रो सुदिनहरू आउँदैछ, हर्षको मुकुट तिमीलाई छ
तर शत्रुले बहकाउँछ, विश्वासलाई हल्लाउँछ
तिमी चाहिँ स्थिर रहनु, ख्रीष्टलाई हेर्नु
Chorus
तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ
तिम्रा मनका कुराहरू येशूलाई भनिदेऊ
तिम्रो भित्री लडाइँ सङ्घर्षहरू प्रभुलाई कहिदेऊ
सङ्कष्टमा तिमीलाई बोक्नुहुने प्रभुलाई भनिदेऊ (२)