येशू चाँडै आउँदैछ है
Lyrics
Chorus
धोएर आफ्नो वस्त्र
दुल्हालाई भेट्न तयार बसौँ है
येशू चाँडै आउँदैछ है
बालेर बत्ती रातमा
भरेर तेल जागा बसौँ है
येशू चाँडै आउँदैछ है
Verse 1
भरियोस् आज छाती हाम्रो स्वर्गीय उत्साहले
गरौँ है खेती सुसमाचारको मेहनतले (२)
तोडाले तोडा कमाएर
प्रशस्त फल फलाएर (२)
हेरौँ है बाटो आउने राजाको उत्सुक भएर
बोझहरू सारा बिसाई
विश्राम लिने दिन टाढा छैन है
येशू चाँडै आउँदैछ है
Verse 2
शरीरको अभिलाषालाई कहिले नसिद्धिने
पोषौँ आत्मालाई ख्रीष्ट वचनले (२)
धैर्यमा सामर्थी बनेर
क्षणिक कष्टलाई सहेर (२)
हेरौँ है बाटो आउने राजाको उत्सुक भएर
मुहारमा हाँसो लिएर
आँसु पुछ्ने दिन टाढा छैन है
येशू चाँडै आउँदैछ है
Chorus
धोएर आफ्नो वस्त्र
दुल्हालाई भेट्न तयार बसौँ है
येशू चाँडै आउँदैछ है
बालेर बत्ती रातमा
भरेर तेल जागा बसौँ है
येशू चाँडै आउँदैछ है

NepaliHymns