त्रिएक परमेश्वर
Verse 1
एकाग्र म हुन्छु मनन म गर्छु
त्रि-एक परमेश्वरको सुन्दरतामा
पिताको चोखो प्रेम पुत्रको अनुग्रह
पवित्र आत्माको संगतिमा
Pre Chorus
त्रि-एकता नै सबै प्रेम र
आनन्दको मुहान हो
संसारका सबै भलाई
त्रि-एकताको बयान हो
Chorus
पवित्र, तपाईं पवित्र
तपाईं पवित्र हुनुहुन्छ
स्वर्ग र सारा पृथ्वी
तपाईंको महिमाले भरिपूर्ण छ
आराधना गर्छु जीवन अर्पन्दै
पिता, पुत्र अनि पवित्र आत्मालाई
Verse 2
पिताले चुन्नुभयो सृष्टिअघि मलाई
पुत्र मेरो निम्ति मर्नुभयो
पवित्र आत्माले क्रूसको मुक्तिको काम
हृदयभित्र मेरो छाप्नुभयो
Pre Chorus
तीन व्यक्तित्वको कामले
मैले उद्धार पाएको छु
ख्रीष्टै बन्ने यात्रामा
अब म रमाएको छु

NepaliHymns