त्रि-एक परमेश्वर
Lyrics
Verse
एकाग्र म हुन्छु, मनन म गर्छु
त्रिएक परमेश्वरको सुन्दरतामा
पिताको चोखो प्रेम, पुत्रको अनुग्रह
पवित्र आत्माको संगतिमा
त्रिएकता नै सबै प्रेम र आनन्दको मुहान हो
संसारका सबै भलाई त्रिएकताको बयान हो
Chorus
पवित्र, तपाईं पवित्र, तपाईं पवित्र हुनुहुन्छ
स्वर्ग र सारा पृथ्वी तपाईंको महिमाले भरिपूर्ण छ
आराधना गर्छु जीवन अर्पण गर्दै
पिता, पुत्र अनि पवित्र आत्मालाई
Verse
पिताले चुन्नुभो सृष्टिअघि मलाई
पुत्र मेरो निम्ति मर्नुभयो
पवित्र आत्माले क्रूसको मुक्तिको काम
हृदयभित्र मेरो छाप्नुभयो
तीन व्यक्तित्वको कामले मैले उद्धार पाएको छु
ख्रीष्ट झैँ बन्ने यात्रामा अब म रमाएको छु