तिमीलाई देखे पछि
Lyrics
Chorus
तिमीलाई पर्खेर बसेका थियौँ
नौ नौ महिनादेखि
तिम्रो मुहार हेर्न तड्पेका थियौँ
नौ नौ महिनादेखि
आज नयनहरूले विश्राम पायो
व्याकुल हृदयहरूमा शान्ति छायो (२)
तिमीलाई देखेपछि
ऊ... तिमीलाई देखेपछि
Verse 1
तिम्रो मुस्कानमा धर्ती रोकिन्छ
तिम्रो हेराइमा मेरो धडकन
तिम्रो रुवाइमा सङ्गीत गुन्जन्छ
तिम्रो बोलीमा मेरो आनन्द
ईश्वरको हाँसोलाई लिएर आयौ
जीवनको पीडाहरू बिलायो (२)
तिमीलाई देखेपछि
ऊ... तिमीलाई देखेपछि
Verse 2
स्वागत छ तिमीलाई अस्तित्वमा
आमाबुबाको सानो घरमा
हो... प्रेमको सौगात, स्वर्गको देन
आशिष होस् तिमीलाई यो संसारमा
मीठो खलबली जीवनमा ल्यायौ
ईश्वरको प्रेमको स्वाद हृदयले पायो (२)
तिमीलाई देखेपछि
ऊ... तिमीलाई देखेपछि
Chorus
तिमीलाई पर्खेर बसेका थियौँ
नौ नौ महिनादेखि

NepaliHymns