तपाईंको द्वारमा
Lyrics
Verse 1
म नयाँ हुनलाई आएको छु आज तपाईंको उपस्थितिमा
स्वतन्त्र हुनलाई आएको छु आज तपाईंको द्वारमा (२)
Chorus
मलाई नपठाउनुहोस् रित्तो हात येशू तपाईंको घरबाट
जबसम्म छुनुहुन्न मलाई म जान्न यहाँबाट
जाउँ पनि जाउँ कहाँ तपाईं बाट टाढा
येशू तपाईं बिना म बाँच्न सक्दिनँ (२)
Verse 2
म निको हुनलाई आएको छु आज तपाईंको उपस्थितिमा
शक्तिले भरिन आएको छु आज तपाईंको द्वारमा (२)
Chorus
मलाई नपठाउनुहोस् रित्तो हात येशू तपाईंको घरबाट
जबसम्म भर्नुहुन्न मलाई म जान्न यहाँबाट
जाउँ पनि जाउँ कहाँ तपाईं बाट टाढा
येशू तपाईं बिना म बाँच्न सक्दिनँ (२)
Bridge
हाल्लेलूयाह मेरो जीवनको स्रोत तपाईं
हाल्लेलूयाह मेरो जिउने कारण तपाईं
हाल्लेलूयाह मेरो जीवनको स्रोत तपाईं येशू
हाल्लेलूयाह मेरो जिउने कारण तपाईं
येशू तपाईंलाई भेट्नलाई मेरो हृदय व्याकुल छ, तृषित छ
Chorus
मलाई नपठाउनुहोस् रित्तो हात येशू तपाईंको घरबाट
जबसम्म भेट्नुहुन्न मलाई म जान्न यहाँबाट
जाउँ पनि जाउँ कहाँ तपाईं बाट टाढा
येशू तपाईं बिना म बाँच्न सक्दिनँ (३)
ओ साँच्चै तपाईं बिना म बाँच्न सक्दिनँ

NepaliHymns