सिरिरि सिरेटो
Verse 1
चियाबारी चिरेर कुहिरोबाट छिरेर
चियाबारी चिरेर कुहिरोबाट छिरेर
आइपुगेँ है टाढाबाट डाँडामाथिको यो सहर
सानो रेलको सिट्ठी सुन्दै मनमा मिठो सपना बुन्दै
सानो रेलको सिट्ठी सुन्दै मनमा मिठो सपना बुन्दै
पूरा भएछ है आज दार्जिलिङ हेर्ने रहर
पूरा भएछ है आज दार्जिलिङ हेर्ने रहर
Chorus
सिरिरी सिरिरी सिरेटो
दार्जिलिङको हावै मिठो
Verse 2
चियाबोट फिँजिएका पाखाहरू
पारि गाउँमा डुबेछन् यी आँखाहरू
घरको रेलिङभरि फूलहरू फुलेको
पर्खालैभरि बगनबेली झुलेको
धुपीघारी देउरालीमा मन भुलेको
Bridge
बादलले निउरी सहरलाई चुनेको
चोक बजार गल्लीहरू हामी घुमेको
कञ्चनजङ्घाअघि गुराँस चाँप नाचेको
हात मिलाई साथीभाइले साइनो गाँसेको
संसारलाई मनपर्छ गोर्खाली हाँसेको
मुनालको मधुर गीतलाई
सडक भिजाउने शीतलाई
घुम, बतासे, डाँली, चौरस्ता
आरुबोटको लालीप्रीतलाई
लैजानेछु आँखामा सजाइ
लैजानेछु आँखामा सजाइ
Chorus
सिरिरी सिरिरी सिरेटो
दार्जिलिङको हावै मिठो
Verse 3
रातो बुट्टाहरू जडेको हरियो सुन्दर वस्त्रमा
रातो बुट्टाहरू जडेको हरियो सुन्दर वस्त्रमा
हिमालको सेतो मुकुट टल्किँदै छ यिनको शिरमा
सृष्टिकर्ताको रचनाभित्र छ असल योजना
सृष्टिकर्ताको रचनाभित्र छ असल योजना
डाँडामाथिको यो सहर बन्नेछ आशिषको नमुना
डाँडामाथिको यो सहर बन्नेछ आशिषको नमुना
Chorus
सिरिरी सिरिरी सिरेटो
दार्जिलिङको हावै मिठो
सिरिरी सिरिरी सिरेटो
दार्जिलिङको हावै मिठो

NepaliHymns