Skip to content
सरर

Song

सरर सररSarara Sarara

WriterAdrian Dewan

Track 1 on Sarara ↗

Nov 4, 20226 Views

Lyrics

Chorus
सरर सरर सरर येशूको प्रेममा सरर
सरर सरर सरर शीतल अनुग्रह सरर
Verse
(मलाई ख्रीष्टको प्रेमले हेर तानी ल्यायो
मलाई ख्रीष्टको प्रेमले हेर लौ बचायो) २
म त अन्धकार तर्फ अनि विनाश तर्फ
लम्किरहेको मान्छे थिएँ
अन्योलतामा परेर बिना अर्थको जीवन
बाँचिरहेको मान्छे
Pre-Chorus
तर ख्रीष्टको मायालु हातले
मलाई तानेर निकाल्यो है
आज नयाँ म भएको छु
Chorus
सरर सरर सरर
येशूको क्षमा करुणा बह्यो म भित्र सरर
फरर फरर फरर
स्वतन्त्र भई आत्मामा म त उड्दै छु फरर
Verse
(ममा ख्रीष्टको वचनले हेर ज्योति ल्यायो
उनको महिमा देख्नलाई दिलले दृष्टि पायो) २
म त यस पृथ्वीको आधारभूत शिक्षाहरूमा
अल्झी बसेको मान्छे थिएँ
सृष्टिकर्ता पितालाई नचिन्दा आत्मामा
म त मरेको मान्छे
Pre-Chorus
तर ख्रीष्टको पवित्र आत्माले
नयाँ जन्म मलाई दियो है
अब जीवित म भएको छु
Chorus
सरर सरर सरर
येशूको क्षमा करुणा बह्यो म भित्र सरर
फरर फरर फरर
स्वतन्त्र भई आत्मामा म त उड्दै छु फरर