बित्ला है जोबन
- Writer
- Adrian Dewan
Verse 1
कस्तो चल्दै छ सहरमा जीवन
हतार होहल्ला, रमाइलो रमझम
मानिसको भीडभाड नसक्ने गन्थन
हेर्दा-हेर्दै बितिजाला है जोबन
Chorus
योना झैं भुलेर, कइन झैं डुलेर
एसाव झैं लोभिएर
नबेच अनन्त आत्मिक धन, बित्ला है जोबन
Verse 2
लक्ष्य बिनाको रफ्तार केको
हतार यस्तो एकछण अडिदेऊ न
जे म गर्दै छु, किन गर्दै छु
उद्देश्य के हो, एकछण सोचिदेऊ न
Chorus
बतासलाई खेदी शून्यता हात पारी
जीवन खेर नफाल
लेवी झैं तर्केर, साउल झैं भड्केर
संसारमा फर्केर
नलत्याऊ ख्रीष्टको जीवित वचन, बित्ला है जोबन
Verse 3
फर्केर हेर्दा रङ्गीन संसारलाई
नुनको खम्बा बने लोतकी स्वास्नी
मिस्रलाई सम्झी रहँदा मरे
इस्राएलीहरू कनान नपुगी
Chorus
पुर्खाहरूको गल्तीबाट पाठ सिकी सधैँ बढ अगाडि
शिमसोन झैं फसेर, हवा झैं फुसलेर
फिरोन झैं फुल्लेर अहमले
नहोस् कोही पतन, बित्ला है जोबन
Outro
कस्तो चल्दै छ सहरमा जीवन
हतार होहल्ला, रमाइलो रमझम
मानिसको भीडभाड नसक्ने गन्थन
हेर्दा-हेर्दै बितिजाला है जोबन
बितिजाला है जोबन

NepaliHymns