जवान पुस्ता जागौं है
Verse 1
जवान पुस्ता जागौँ है कामतिर लागौँ है
हुन्न अब यसै बसेर
फसल प्रशस्तै छ खेतालाको कमी छ
उठौँ अब कम्मर कसेर
Chorus
आरामको आदत लागेको ज्यानलाई
कष्टलाई अँगाल्न सिकाऊँ है
ख्रीष्टको जुवामुनि आएर
पुरा गरौँ मिसनलाई
मिसनलाई, मिसनलाई...
मिसनलाई...
Verse 2
आफ्नो बत्ती बालेर बत्तीमा तेल हालेर
आत्मामा जागा रहनु छ
शत्रुको चाल बुझेर वचनले रुझेर
सुसमाचार जिउनु कहनु छ, कहनु छ...
Chorus
पछाडिका कुरालाई बिर्सेर
निसानातिर अघि बढेर
जुन कामको लागि बोलाउनुभयो
त्यो काम पुरा गर्नु छ
पुरा गर्नु, पुरा गर्नु, पुरा गर्नु छ
Outro
मनोरञ्जनले लोलाइरहेका
आँखाहरूलाई ख्रीष्टको महिमाको
तेज प्रकाशले ब्युँझाएर
शक्तिमा दौडनु छ
दौडनु छ दौडनु छ

NepaliHymns