Skip to content
Gaaun Gaaun Shahar Shahar

Song

गाउँ गाउँ शहर शहरGaun Gaun Shahar Shahar

WriterAdrian Dewan

Track 1 on गाउँ गाउँ शहर शहर ↗

Jun 28, 20232 Views

Lyrics

गाउँ गाउँ शहर शहर घुम्दै आयौं हामी
बाड्दै तिर्खाएकाहरूलाई जीवनको पानी
नगरमा आइपुग्यो आज हजुरको
चिनाउनलाई जीवनको पानी वहाँ को हो?
Bridge
(दाजु तपाई कहाँको, दिदी तपाई कहाँको
विश्वास गरि मुक्ति पाउ है येशू नाउँ हो है वहाँको) २
Verse
ब्यस्त संसार, तेज रफ्तार, भिड बजार, हतार हतार
छोडन हौ जानुछ सडक पार
मेरो सपनाहरू छन् हजार
कमाउनु छ, रमाउनु छ, खाए सार की लाए सार
मरेपछि हुनुनै छ लम्पसार
मेरो चाहनाहरू छन् अपार
Verse
तर तिमीलाई चाहिएको नाशवान थोक होइन,
अनन्तको धन हो,
अनि तिमीलाई चाहिएको मनोरञ्जन होइन,
आत्मामा आनन्द हो,
अतृप्त छोड्ने धाराहरु अनेक छन् यहाँ
प्यास मेटाउने धारा येशू मात्र हो,
Bridge
(बहिनी तपाई कहाँको, भाइ तपाई कहाँको,
बिश्वास गरेर बिसाउ है, येशू नाउँ हो है वहाँको) २
Verse
अभिलाषाहरू बिती जान्छ संसारको
ओइली झर्ने फुल जस्तै छ चोला मानिसको
देह क्षणिक तर आत्मा अजम्बरी हो,
बिचार गर्नुहोस तपाईको आत्मा के हुने हो
Bridge
(दाजु तपाई कहाँको, दिदी तपाई कहाँको
अनन्त जीवन पाउ है येशू नाउँ हो है वहाँको) २
विश्वास गरि मुक्ति पाउ है येशू नाउँ हो है वहाँको