- Scripture(s)
- Genesis 1:16-18Romans 8:21
Pick up
मलाई घाम मन पर्छ मलाई जुन मन पर्छ
जीवनभर येशूको चेला हुन मन पर्छ
हुन मन पर्छ लहै हुन मन पर्छ
Chorus
मलाई घाम मन पर्छ
मलाई जुन मन पर्छ
जीवनभर येशूको चेला हुन मन पर्छ
तराई झर्न मन पर्छ
पहाड चढ्न मन पर्छ
दिनहुँ येशूको वचन पढ्न मन पर्छ
लहै लहै लहै
Verse 1
उठाएर नजरहरू हेर्छु चारैतिर देख्छु
परमेश्वरको भलाई
खेर फाल्दिन जीवन कुनामा बसी भन्दै म मेरो मलाई
स्वर्गीय उद्देश्यले जीवन भर्नेछु
येशूको काम पूरा गर्नेछु
Chorus
हिमाल चुली मन पर्छ
त्रिशूली मन पर्छ
सजिएको येशूको बेहुली मन पर्छ
मलाई भेला मन पर्छ
स्तुति गाना मन पर्छ
हफ्तैपिच्छे मण्डलीमा जान मन पर्छ
लहै लहै लहै
Verse 2
घान्द्रुककैमा लाग्यो घाम
सन्दकपुरमा कुहिरो ड्याम्म
भोलुङको टोकास घारी
चारैतिर देख्छु म महिमा परमेश्वरको
वारी र पारि
प्रकृतिले पनि उद्धार पाउनेछ
जब पुत्र फर्किआउनेछ
Chorus
मलाई टिस्टा मन पर्छ
मलाई रङ्गीत मन पर्छ
प्रकृतिमा प्रशंसाको संगीत मन पर्छ
चेला बन्न मन पर्छ
बनाउन मन पर्छ
येशूको वचन सुन्न सुनाउन मन पर्छ
लहै, लहै, लहै, लहै

NepaliHymns