रमाउने कारण
Ramaune Kaaran
Adrian Dewan
Lyrics
Chorus
रमाउने कारण येशूको नाम, येशूको नाम, येशूको नाम (२)
उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रूसैमा चढेर (२)
Verse 1
डाँडाहरू खुशी भई गीत गाएर रमाए
रुखहरू ताली बजाई तालमा ताल मिलाए (२)
सललल खोला बग्यो, चिरिबिरी चरी गायो
परमेश्वरको काम देखी सारा प्रकृति रमायो
सिरिरिरी बतास चल्यो, मनको पिर उडाई लग्यो
नीलो आकाशैमा आज मलाई उडुँ-उडुँ लाग्यो
उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रूसैमा चढेर (२)
Verse 2
मृत्यु अनि पुनरुत्थानद्वारा आफ्नो ख्रीष्ट येशूले
सबैथोकहरूमाथि अधिकार प्राप्त गरे (२)
समुद्रका गहिरा-गहिरा स्थानहरू उहाँकै हुन्
पृथ्वीका अग्ला-अग्ला हिमालहरू उहाँकै हुन्
आकाशका ताराहरू उहाँकै गुणगान गाउँछन्
खोलानाला, जङ्गल, झरना सबै उहाँमा रमाउँछन्
उहाँ आउनुभो मानिस भएर, बचाउनुभो क्रूसैमा चढेर (२)
Chorus
ए रमाउने कारण येशूको नाम, येशूको नाम, येशूको नाम (२)
Outro
उहाँ मर्नुभो पापलाई लिएर
बौरिउठ्नुभो विजय भएर (२)