परमप्रभु
Paramprabhu
Adrian Dewan
Lyrics
Verse 1
सम्राटहरूमा नराख भरोसा
भन्नुहुन्छ परमप्रभु (२)
एक मुठी सास माथि के गर्छौ वास (२)
आदिदेखि अनादिसम्म म राजा हुँ
मेरो सुरु अन्त छैन, म हुँ जो म हुँ
अनि भन्नुहुन्छ हाम्रो परमप्रभु (२)
Chorus
यो मुलुकको आशा को हो? परमप्रभु!
नेपालीको आशा को हो? परमप्रभु! (२)
Verse 2
यसैले जाग, आलस्य त्याग
हे सबै जवान हो (२)
आफ्नै हातले मेहनत गर
जे गर्दछौ दिलोज्यानले गर
मानिस होइन ख्रीष्टको सेवा गरेझैँ
प्रेमद्वारा काम गर्ने विश्वासमा बढ
अनि भन्नुहुन्छ हाम्रो परमप्रभु (२)
Verse 3
मन्दिरमा जागृति आए
बजारहरूले आशिष पाउँछ
वेदीमा आगो सल्किए
समाजमा ज्योति छाउँछ
चारदीवारीबाट बाहिर जिउँदो आराधना बग्दछ
अनि ख्रीष्टको महिमाले सारा देशलाई ढाक्दछ (२)
पश्चात्तापी बनेर अधर्म त्यागेर
मतिर फर्किनेलाई निको पार्नेछु
अनि भन्नुहुन्छ हाम्रो परमप्रभु (२)
Chorus
यो मुलुकको आशा को हो? परमप्रभु!
नेपालीको आशा को हो? परमप्रभु! (२)
Adrian Dewan