Skip to content

Song

नयाँ ऋतुNaya Ritu

Lyrics

Chorus
स्वागत गर्छौँ येशू तपाईँको झरीलाई
नयाँ ऋतुलाई
जीवनमा हाम्रो, जीवनमा हाम्रो (२)
Verse 1
सिंहासनबाट नदी बगी आउँदैछ
जीवनहरूलाई धोई चोखो पार्दैछ (२)
Bridge 1
दुई हात फैलाई गर्छौँ स्वागत
त्यो चोखो पार्ने आत्माको स्नानलाई
Chorus
यो धार्मिकताको झरी, यो धार्मिकताको झरी
यो शुद्ध पार्ने झरी, यो शुद्ध पार्ने झरी
मरुभूमिमा नदी, मरुभूमिमा नदी
यो निको पार्ने झरी, यो निको पार्ने झरी
Verse 2
ख्रीष्टको प्रेमको आगोले हृदय जल्‍दैछ
वचनको प्रकाशले जीवन बल्‍दैछ (२)
Bridge 2
नुन र ज्योति हौँ जगतको
दिँदैनौँ शत्रुलाई हाम्रो पुस्तालाई खोस्न
Chorus
यो अभिषेकको झरी, यो अभिषेकको झरी
यो जीवन दिने झरी, यो जीवन दिने झरी
मरुभूमिमा नदी, मरुभूमिमा नदी
यो निको पार्ने झरी, यो निको पार्ने झरी
आज्ञापालनको झरी, आज्ञापालनको झरी
सुसमाचारको झरी, सुसमाचारको झरी