मलाई घाम मनपर्छ
- Scripture(s)
- उत्पत्ति १:१६-१८,रोमी ८:२१
Chorus
मलाई घाम मनपर्छ मलाई जून मनपर्छ
जीवनभर येशूको चेला हुन मनपर्छ
हुन मनपर्छ ल है हुन मनपर्छ
मलाई घाम मनपर्छ मलाई जून मनपर्छ
जीवनभर येशूको चेला हुन मनपर्छ
मलाई झर्न मनपर्छ पहाड चढ्न मनपर्छ
दिनहुँ येशूको बचन पढ्न मनपर्छ
ल है, ल है, ल है...
Verse 1
उठाएर नजरहरू हेर्छु चारैतिर
देख्छु परमेश्वरको भलाइ (२)
खेर फाल्दिन जीवन कुनामा बसी भन्दै म मेरो मलाई
स्वर्गीय उद्देश्यले जीवन भर्नेछु
येशूको काम पूरा गर्नेछु
Chorus
हिमालचुली मनपर्छ त्रिशूली मनपर्छ
सजिएको येशूको बेहुली मनपर्छ
मलाई भेला मनपर्छ स्तुतिगान मनपर्छ
हप्तैपिच्छे मण्डलीमा जान मनपर्छ
ल है, ल है, ल है...
Verse 2
घान्द्रुकैमा लाग्यो घाम सन्दकपुरमा कुहिरो ड्याम्म
मोलकोटको काँसघारी (२)
चारैतिर देख्छु म महिमा परमेश्वरको वारि र पारि
प्रकृतिले पनि उद्धार पाउनेछ
जब पुत्र फर्की आउनेछ
Chorus
मलाई टिस्टा मनपर्छ मलाई रङ्गीत मनपर्छ
प्रकृतिमा प्रशंसाको सङ्गीत मनपर्छ
चेला बन्न मनपर्छ बनाउन मनपर्छ
येशूको बचन सुन्न सुनाउन मनपर्छ
ल है, ल है, ल है, ल है, ल है, ल है...

NepaliHymns