ख्रीष्टमा हुनेहरु
- Writer
- Adrian Dewan
- Scripture(s)
- John 6:40
Chorus
(मृत्यु अन्तिम विदाई होइन) २
ख्रीष्टमा हुनेहरू, जीवनमा सरि सकेकाछन्
Verse 1
(याद गर ख्रीष्टका ती जीवित वचनहरु) २
(मलाई विश्वास गर्ने मान्छे) २
मरेता पनि जीउने छ,
पुनरूत्थान हुनेछ, फेरी मिलन हुनेछ
Chorus
(मृत्यु अन्तिम विदाई होइन) २
ख्रीष्टमा हुनेहरू, जीवनमा सरि सकेकाछन्
Verse 2
(शोक छ, पिडा छ, विछोडमा आँसुहरु झर्छ) २
(तर विछोड सँधैलाई होइन) २
तुरहीको चर्को स्वरमा जीवित भइ उठ्नेछ
फेरी भेट हुनेछ
Chorus
(मृत्यु अन्तिम विदाई होइन) २
ख्रीष्टमा हुनेहरू, जीवनमा सरि सकेकाछन्
Verse 3
येशूमा विश्वास गर्नेलाई अनन्त जीवन निश्चित छ
(वहाँ भन्छन् आजै तिमी) २
मसित स्वर्गमा हुनेछौं, आनन्दमा हुनेछौ
विश्राम लिनेछौ
Chorus
(मृत्यु अन्तिम विदाई होइन) २
ख्रीष्टमा हुनेहरू, जीवनमा सरि सकेकाछन्

NepaliHymns