खै कुरा बुझेको
- Writer
- Judah Plows
Lyrics
Verse 1
ल है साईला तिमीले बुझेनौं
कानले सुन्यौ मनमा गुनेनौ
नदी झै जीवन बगेको
खै तिमीले थाहै पाएनौँ
Verse 2
ल है साइँली तिमीले बुझेनौं
जीवनको अर्थ खोजेनौ
रमझम तिम्रो चाहा भो
माया मोह ओइली जाने हो
Chorus
खै साइँलोले कुरा बुझेको
खै साइँलीले कुरा बुझेको
Verse 3
आकाशमा उडी हिंडने चरीलाई
के थाहा सिकारीको पासो
पानीमा डुली रहने माछिलाई
के थाहा मछूवाको जालो
Pre Chorus
उमेर सुन्दरता यो बिती जाने हो
समय कालले छोपी लाने हो
पैसा र बल यो ओइली झर्ने हो
समय कालले छोपी लाने हो
Chorus
खै साइँलोले कुरा बुझेको
खै साइँलीले कुरा बुझेको
Bridge
(रात पर्न अघि नै जीवन ढाल्न अघि नै
सत्य खोज न हे सत्य रोज न
बल बैशा हुँदा नै हातमा समय छँदा नै
ईश्वर खोज न हे बाटो रोज न) २
Outro
ईश्वर खोज्न
बाटो रोज्न

NepaliHymns