बरदान
Bardaan
Judah Plows
Lyrics
Verse
जीवन हाम्रो वरदान हो
सृष्टि अघिको योजना हो
नभन केवल दुई दिनको खेल हो
जीवन हाम्रो ईश्वरको देन हो
सुन्दरताले पहिराउने
अमर प्रेममा सजाउने
हात समाई डोर्याउने
येशू
Verse
हारको जीवन जिउनुपर्दैन
मृत्युको बाटो रोज्नुपर्दैन
तिम्रो निम्ति बलिदान हुनुभो
जीवन तिम्रो जितिदिनुभो
धोका होइन हेर प्रमाण हो
डरको बन्धन हेर तोडिगयो
सबै दुष्टहरू मेटिइगयो
येशूमा
Verse
रुनु पर्दैन विजय येशूमा छ
थुमाको रगत आज काफी नै छ
विजय येशू जीवन उदायो
एक्लो छैनौ तर छ तिम्रो
पिताको हृदय बुवाको अंगालो
हात फैलाई बोलाउछन तिमीलाई
येशूले
Outro
आऊ तिमी येशू कहाँ
पर्खिरहेछन तिमीलाई जीवन दिनलाई
आऊ तिमी येशू कहाँ
पर्खिरहेछन तिमीलाई जीवन दिनलाई


Judah Plows