Skip to content

Song

जवान पुस्ता जागौँ हैJawan Pusta Jaagau Hai

Lyrics

Chorus
जवान पुस्ता जागौँ है, कामतिर लागौँ है
हुन्न अब यसै बसेर
फसल प्रशस्तै छ, खेतालाको कमी छ
उठौँ अब कम्मर कसेर (२)
आरामको आदत लागेको ज्यानलाई
कष्टलाई अङ्गाल्न सिकाऊँ है
ख्रीष्टको जुवामुनि आएर
पूरा गरौँ मिसनलाई (२)
Verse
आफ्नो बत्ती बालेर, बत्तीमा तेल हालेर
आत्मामा जागा रहनुछ (२)
शत्रुको चाल बुझेर, वचनले रुझेर
सुसमाचार जिउनु कहनु छ (२)
पछाडिका कुरालाई बिर्सेर
निशानातिर अघि बढेर
जे कामको लागि बोलाउनु भयो
त्यो काम पूरा गर्नुछ (२)
Bridge
मनोरञ्जनले लोलाइरहेका आँखाहरूलाई
ख्रीष्टको महिमाको तेज प्रकाशले ब्युँझाएर
शक्तिमा दौडनुछ (२)
दौडनुछ... दौडनुछ...