जानेहरू
Janeyharu
Adrian Dewan
Lyrics
Verse
धेरै नसोच बसेर अँध्यारो कोठामा
समाधान हुँदैन सोचेर
बाहिर निस्केर भुलाऊ दुखिरहेको मन
आफैलाई व्यस्त राखेर
Chorus
उसको याद दिलाउने सबै चीजहरू पन्छाएर राख
र बलियो बनी स्वीकार गर यो तीतो यथार्थ
कि जानेहरू आउँदैनन् फेरि कहिल्यै फर्केर
हो जानेहरू आउँदैनन् फेरि कहिल्यै फर्केर
Verse
कसै गरेर पनि यो काँडा हट्दैन
छातीभित्र बिझिरहन्छ
तर डुबेर आँसुमा मात्र हुँदैन
तिम्रो पनि आफ्नो जीवन छ
यसैले गर केही मूल्यको काम
या नयाँ सीप सिक
या लगाऊ बगैँचा नयाँ
फेरि फूलहरू रोप
Chorus
जानेहरू आउँदैनन् फेरि कहिल्यै फर्केर
हो जानेहरू आउँदैनन् फेरि कहिल्यै फर्केर
हो जिउनै पर्छ तिमीले जानेलाई भुलेर
हो जिउनै पर्छ तिमीले आँसुलाई पुछेर