जगाउनुहोस्
Lyrics
Chorus
पवित्र आत्मा, जगाउनुहोस्
ब्युँझाउनुहोस् हामीलाई फेरि
हे पवित्र आत्मा, बचाउनुहोस्
मण्डलीलाई सुस्ताउनदेखि
युद्ध चर्को छ, काम बाँकी छ
शत्रु सक्रिय छ, ओ यसैले...
Verse 1
पवित्र आत्मा, जलाउनुहोस्
विश्वासको आगो हृदयमा फेरि
हे पवित्र आत्मा, खोलिदिनुहोस्
आत्मिकी दृष्टि हरेकको फेरि
हेर्न चाहन्छौँ राज्य आएको
पूरा सामर्थ्यमा हाम्रो माझमा
पवित्र आत्मा...
Verse 2
तपाईँको उपस्थितिको भोक प्यास दिनुहोस्
जागृतिको बाधकहरूलाई हटाइदिनुहोस्
शरीरमा टाँसिने पापलाई जलाइदिनुहोस्
दोहोरिरहने कमजोरीमाथि विजयी दिनुहोस्
प्रेम, आनन्द, शान्ति हामीमा प्रशस्तै फलाइदिनुहोस्
अशुद्धता हामी माझबाट हटाइदिनुहोस्
Chorus
पवित्र आत्मा, जगाउनुहोस्
ब्युँझाउनुहोस् हामीलाई फेरि
हे पवित्र आत्मा, बचाउनुहोस्
मण्डलीलाई सुस्ताउनदेखि
युद्ध चर्को छ, काम बाँकी छ
शत्रु सक्रिय छ, ओ यसैले...
पवित्र आत्मा...

NepaliHymns