जगाउनुहोस
Jagaunuhos
Adrian Dewan
Lyrics
Chorus
पवित्र आत्मा, जगाउनुहोस, ब्युँझाउनुहोस, हामीलाई फेरी
हे पवित्र आत्मा, बचाउनुहोस, मण्डलीलाई सुस्ताउन देखी
युद्ध चर्को छ, काम बाँकी छ, शत्रु सक्रिय छ, यसैले
Verse
पवित्र आत्मा, जलाउनुहोस, विश्वासको आगो, हृदयमा फेरी
हे पवित्र आत्मा, खोलीदिनुहोस, आत्मिकी दृष्टी, हरेकको फेरी
हेर्न चाहन्छौं, राज्य आएको, पुरा सामर्थमा, हाम्रो माझमा
पवित्र आत्मा
Bridge
जागृतीको बाधकहरुलाई हटाईदिनुहोस
शरीरमा टाँसिने पापलाई जलाईदिनुहोस
दोहोरीरहने कमजोरी माथी विजय दिनुहोस
प्रेम, आनन्द, शान्ति हामीमा प्रशस्तै फलाईदिनुहोस
अशुद्धता हामी माझबाट हटाईदिनुहोस
Chorus
पवित्र आत्मा, जगाउनुहोस, ब्युँझाउनुहोस, हामीलाई फेरी
हे पवित्र आत्मा, बचाउनुहोस, मण्डलीलाई सुस्ताउन देखी
युद्ध चर्को छ, काम बाँकी छ, शत्रु सक्रिय छ, यसैले...
पवित्र आत्मा
Adrian Dewan