हे युवा हो
Lyrics
Chorus
हे युवा हो ख्रीष्टको वचन सुन
ख्रीष्टको ज्योतिमा चम्क (२)
ख्रीष्टको ज्योतिमा चम्केर बढौँ अनन्ततिर
ख्रीष्टको ज्योति यो लिएर ज्योति छर्न अब हिँड
Verse 1
शिखर चुम्ने युवाहरू हो निरन्तर अघि बढ न
बाधा-अप्ठ्यारोमा पनि एक कदम अघि सार न
हो शिखर चुम्ने युवाहरू हो निरन्तर अघि बढ न
बाधा-अप्ठ्यारोमा पनि एक कदम अघि सार न
आफ्नो दौडलाई पूरा गर्नु छ
पावलले झैँ हामी गर्नु छ
अब्राहामको जस्तो विश्वास राख्नु छ
गन्तव्यमा हामी पुग्नु छ
Chorus
हे युवा हो ख्रीष्टको वचन सुन
ख्रीष्टको ज्योतिमा चम्क
Verse 2
रुँदै-रुँदै बिउ छर्नेहरू हो फसलका बिँडा लि फर्कनेछौ
धन्य हौ ती मानिसहरू हो जसले सतावट सहेको छ
हो रुँदै-रुँदै बिउ छर्नेहरू हो फसलका बिँडा लि फर्कनेछौ
धन्य हौ ती मानिसहरू हो जसले सतावट सहेको छ
जीवनको मुकुट पाउनेछौ त्यहाँ एक दिन स्वर्गमा
निरन्तर अघि बढौँ है हामी ख्रीष्टको ज्योति यो छर्न यहाँ
Chorus
हे युवा हो ख्रीष्टको वचन सुन
ख्रीष्टको ज्योतिमा चम्क (२)

NepaliHymns