हन्नाको प्रार्थना
Lyrics
Chorus
हन्नाको प्रार्थना सुन्नुहुने
दानिएललाई जवाफ दिनुहुने
दाऊदलाई विजय दिनुहुने
हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने
हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने
Verse 1
प्रार्थनामा टेक्छौँ घुँडा आज
पुग्छौँ विलाैना तपाईँ अघि
सुनिदिनुहोस् सुनिदिने
तपाईँबाहेक छैन कोही
तपाईँबाहेक हे परमेश्वर हाम्रो छैन कोही
Chorus
अय्युबको सुदिन फर्काउनुहुने
इजरायलको सात-सात हेर्नुहुने
अब्रहामलाई बोलाउनुहुने
हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने
हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने
Verse 2
बुबा भनेर हामीलाई
चिनाउनुभयो आफैलाई
मानिसको वास्ता गर्नुभई
आउनुभयो आफै मानिस भई
तपाईँको प्रेमबाहेक आशा छैन कहीँ
सद्रक मेशक अबेद्नगो
सङ्ग आगोमा हिँड्नुहुने
मोशालाई मित्र भन्नुहुने
Chorus
हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने
हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने
हन्नाको प्रार्थना सुन्नुहुने

NepaliHymns