Skip to content

Song

गाउँ गाउँ शहर शहरGaau Gaau Sahar Sahar

2 Views

Lyrics

Chorus
गाउँ-गाउँ सहर-सहर घुम्दै आयौँ हामी
बाँड्दै तिर्खाएकाहरूलाई जीवनको पानी
गाउँ-गाउँ सहर-सहर घुम्दै आयौँ हामी
बाँड्दै तिर्खाएकाहरूलाई जीवनको पानी
आइपुग्यौँ नगरमा आज हजुरको
पियाउनलाई जीवनको पानी उहाँको, हो...
दाजु तपाईं कहाँको, दिदी तपाईं कहाँको
विश्वास गरी मुक्ति पाउ है, येशू नाउँ हो है उहाँको, हो...
विश्वास गरी मुक्ति पाउ है, येशू नाउँ हो है उहाँको
Verse 1
व्यस्त संसार तेज रफ्तार
भिड बजार हतार-हतार
छोड न हौ गर्नु छ मलाई सडक पार
मेरो सपनाहरू छन् हजार
कमाउनु छ, रमाउनु छ
खाए सार कि लाए सार हो, मरेपछि हुनु नै छ लम्पसार
मेरो चाहनाहरू छन् अपार
Bridge
तर तिमीलाई चाहिएको नासवान् थोक होइन, अनन्तको धन हो
अनि तिमीलाई चाहिएको मनोरञ्जन होइन, आत्मामा आनन्द हो
अतृप्त छोड्ने धाराहरू अनेक छन् यहाँ
प्यास मेटाउने धारा येशू मात्रै हो, हो...
Chorus
बहिनी तपाईं कहाँको, भाइ तपाईं कहाँको
विश्वास गरेर बिसाउ है, येशू नाउँ हो है उहाँको, हो...
हे विश्वास गरेर बिसाउ है, येशू नाउँ हो है उहाँको
Verse 2
अभिलाषाहरू बिती जान्छ संसारको
ओइली झर्ने फूल जस्तै छ चोला मानिसको
अभिलाषाहरू बिती जान्छ संसारको
ओइली झर्ने फूल जस्तै छ चोला मानिसको
देह क्षणिक तर आत्मा अजम्बरी हो
विचार गर्नुहोस् तपाईंको आत्मा के हुने हो, हो...
Chorus
दाजु तपाईं कहाँको, दिदी तपाईं कहाँको
अनन्त जीवन पाउ है, येशू नाउँ हो है उहाँको, हो...
हे अनन्त जीवन पाउ है, येशू नाउँ हो है उहाँको
विश्वास गरी मुक्ति पाउ है, येशू नाउँ हो है उहाँको