देहधारणले
- Writer
- Adrian Dewan
- Scripture(s)
- Hebrews 10:5
Verse 1
खुलेर हाँसेका छौं, खुसी भई बाँचेका छौं २
आशालाई साँचेका छौं उत्साहित बनेका छौं
अन्धकारमा जीउनेहरुको निम्ति
ठूलो ज्योति उदाएको छ,
श्रापको कैदमा भएकाहरु सबै
हाँस्न पाएको छ...
Chorus
के को कारणले है कसको कारणले?
येशूको कारणले... हो देहधारणले
येशूको कारणले... हो देहधारणले
Verse 2
सिनै पर्वत देखि भेट हुने पालसम्म २
पालदेखि सुलेमानको मन्दिरसम्म
आफ्नो बासस्थान बनाउनुभए पनि
सबले वहाँलाई भेट्न सक्थेनन्
तर आज हरेक पापीले भित्र प्रवेश पाएको छ
Chorus
के को कारणले है कसको कारणले
येशूको कारणले... हो देहधारणले
येशूको कारणले... हो देहधारणले
Verse 3
वचन देह बनि आउनुभो
हाम्रो टोलमा डेरा लाउनुभो
दुर्बल, दीन र दोषीहरुले
परमेश्वरलाई छुन पाएको छ
Chorus
के को कारणले कसको कारणले
के को कारणले भन कसको कारणले
येशूको कारणले... हो देहधारणले
Bridge
आम्म म म म.... चारैतिर कति
झिलिलिली रातो पहेलो बत्ति
आछु छु छु छु कति सारो जाडो
लौन आगो ताप्न आउ है सब यता चाँडो
Outro
येशूको कारणले... हो देहधारणले
येशूको कारणले... हो देहधारणले

NepaliHymns