दसतारे बाजा
Lyrics
Chorus
मेरो हृदय दसतारे बाजा (२)
मेरो जिब्रो भयो वीणा आज (२)
बजाउँछु धुन म येशूको लागि
गाउँछु नयाँ गीत म
हे, मेरो हृदय दसतारे बाजा
मेरो जिब्रो भयो वीणा आज
Verse 1
प्रशंसाको गीतले धन्यवादको धुनले
गुञ्जाऊँ है स्वर्ग नै सारा
सारा ब्रह्माण्डमा एउटै छ ज्योति
एउटै येशू मुक्तिदाता (२)
Bridge
लौ है नाचौँ है कृतज्ञताको नाच
हल्लाई हातले सारा, ए...
Chorus
मेरो हृदय दसतारे बाजा (२)
मेरो जिब्रो भयो वीणा आज (२)
Verse 2
एरीहोको पर्खाल ढल्दै छ हेर
प्रशंसाको हर झन्कारमा
लाल समुद्रमा बन्दै छ बाटो
परमेश्वर हाम्रो सहारा (२)
Bridge
आएको छ है छुटकाराको मौसम
विजयको घोषणा गर, ए...
Chorus
मेरो हृदय दसतारे बाजा (२)
मेरो जिब्रो भयो वीणा आज (२)
बजाउँछु धुन म येशूको लागि
गाउँछु नयाँ गीत म, ए...
मेरो हृदय दसतारे बाजा
मेरो जिब्रो भयो वीणा आज

NepaliHymns