क्रिसमस आयो भन्दै छ
- Writer
- Adrian Dewan
Verse 1
क्रिसमस आयो भन्दै छ दिनहरु गन्दै छ
सेलरोटी बन्दै छ चारैतिर छ खुशीको लहर
म पनि यहाँ सोच्दै छु गीतहरु रच्दै छु
उपायहरु खोज्दै छु मुक्तिदातालाई चिनाउने रहर
Chorus
साथीहरुसँग गिटार बोकेर क्यारोलमा घुम्दै छु
खुशीको गीत गाउँदै
मेरी क्रिसमस भन्दै
छिमेकीहरुलाई ईश्वरको प्रेम बाँड्दै
उत्सुकता साथ बाँड्दै
ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो
आफ्नै एउटै पुत्रलाई हाम्रो निम्ति दिइहाल्नुभो
Verse 2
चिसो चिसो मौसममा शहर देखि गाउँसम्म
सुसमाचार सुनाउन कति रमणीय छ यो प्रहर
घरहरु सज्दै छन् धुनहरु बज्दै छन्
नानीहरु नाच्दै छन् झिलिमिली छ सारा गाउँ शहर
Chorus
साथीहरुसँग गिटार बोकेर क्यारोलमा घुम्दै छु
खुशीको गीत गाउँदै
मेरी क्रिसमस भन्दै छिमेकीहरुलाई ईश्वरको प्रेम बाँड्दै
उत्सुकता साथ बाँड्दै
ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो
आफ्नै एउटै पुत्रलाई हाम्रो निम्ति दिइहाल्नुभो
Chorus
साथीहरुसँग गिटार बोकेर
क्यारोलमा घुम्दै छु
खुशीको गीत गाउँदै
मेरी क्रिसमस भन्दै
छिमेकीहरुलाई ईश्वरको प्रेम बाँड्दै
उत्सुकता साथ बाँड्दै
ईश्वरले संसारलाई यस्तो प्रेम गर्नुभो
आफ्नै एउटै पुत्रलाई हाम्रो निम्ति दिइहाल्नुभो
Outro
क्रिसमस आयो भन्दै छ दिनहरु गन्दै छ
सेलरोटी बन्दै छ चारैतिर छ खुशीको लहर

NepaliHymns