छाया
Lyrics
Chorus
मलाई यस्तो घाम देऊ अस्ताउँदैन जो कहिले
मलाई यस्तो फूल देऊ ओइलाउँदैन जो कहिले (२)
गल्दै एक-एक पल सकिँदैछ जिन्दगी
मलाई यस्तो जीवन देऊ सकिँदैन जो कहिले
Verse 1
मलाई यस्तो प्रेम देऊ सेलाउँदैन जो कहिले
मलाई यस्तो साथ देऊ छुटिँदैन जो कहिले (२)
मेरो हृदयले खोजिरहेछ अहिले
यस्तो थोकहरू जसलाई लान सक्दैन मृत्युले
Bridge
पाइन क्षणिक थोकहरूमा अर्थ मैले
छायाजस्तो जीवनको उद्देश्य बुझिन मैले
ला ला ला...
Verse 2
मलाई यस्तो आशा देऊ मेटिँदैन जो कहिले
मलाई यस्तो हाँसो देऊ हराउँदैन जो कहिले (२)
चाहदिनँ म मर्न सधैँभरिलाई
मलाई यस्तो ईश्वर देऊ जितेको छ मृत्युलाई जसले (२)

NepaliHymns