बित्ला है जोवन
Lyrics
Chorus
कस्तो चल्दैछ शहरमा जीवन
हतार होहल्ला, रमाइलो रमझम
मानिसको भीडभाड नसक्ने गन्थन
हेर्दा हेर्दै बितिजाला है जोवन
योना झैँ भुलेर, गेहजी झैँ डुलेर
एसाव झैँ लोभिएर, हे नबेच अनन्त आत्मिक धन
बित्ला है जोवन
Verse 1
लक्ष्य बिनाको रफ्तार केको
हतार यस्तो, एकछिन अडी देउन
जे म गर्दैछु, किन गर्दैछु
उद्देश्य के हो, एकछिन सोची देउन
लक्ष्य बिनाको रफ्तार केको
हतार यस्तो, एकछिन अडी देउन
जे म गर्दैछु, किन गर्दैछु
उद्देश्य के हो, एकछिन सोची देउन
बतासलाई खेदी, शून्यता हात पारी
जीवन खेर नफाल
देमास झैँ तर्केर, साउल झैँ भड्केर
संसारमा फर्केर, हे नलत्याऊ ख्रीष्टको जीवित वचन
बित्ला है जोवन
Verse 2
फर्केर हेर्दा रङ्गिन संसारलाई
नुनको खम्बा बने लोतकी स्वास्नी
मिश्रलाई सम्झी रहँदा मरे
इजरायलीहरू कनान नपुगी
फर्केर हेर्दा रङ्गिन संसारलाई
नुनको खम्बा बने लोतकी स्वास्नी
मिश्रलाई सम्झी रहँदा मरे
इजरायलीहरू कनान नपुगी
पुर्खाहरूको गल्तीबाट पाठ सिकी
सधैँ बढ अगाडि
शिमसोन झैँ फसेर, हव्वा झैँ फुसलेर
फिरऊन झैँ फुल्लेर, हे अहम्ले नहोस् कोही पतन
बित्ला है जोवन
Chorus
कस्तो चल्दैछ शहरमा जीवन
हतार होहल्ला, रमाइलो रमझम
मानिसको भीडभाड नसक्ने गन्थन
हेर्दा हेर्दै बितिजाला है जोवन
बितिजाला है जोवन

NepaliHymns